
Advertise on podcast: Mimraj Pandeya
This podcast has
24 episodes
Language
EnglishPublisher
Mimraj PandeyaExplicit
No
Date created
2020/07/28
Latest episode
2026/09/28
Average duration
3 min.
Release period
133 days
Description
Welcome to a world where literature meets soulful performance. Mimraj Pandeya is not just a voice; he is a versatile creative force—a renowned poet, journalist, Radio Nepal-trained singer, and philosopher in the making. This platform is dedicated to those who seek the profound depth of Nepali literature, culture and history delivered with unparalleled artistic precision. #MimrajVoice #NepaliPoetry #NepaliKabitaBachan
Unlock Mimraj Pandeya podcast Email contact info,
Listeners & Audience details
Email contact information
Direct podcast contact details

Listeners
Audience numbers & engagement insights

Audience details
Podcast Insights

Podcast episodes
Check latest episodes from Mimraj Pandeya podcast
मेरो ड्युटी जाने बाटोमा हरेक दिन एउटी आमा भेट्छु... – Krishna Thakuri
2026/09/28
कविता भनेपछि मन त्यसै पग्लेर आउँछ। त्यसमा पनि “आमा” जोडिएका कवितामा मन झन् त्यसमै अडिन्छ। अझ प्रिय कृष्ण दाइले लेखेको कविता भए त पढूँ-पढूँ भइहाल्छ।कवि तथा गीतकार कृष्ण ठकुरीको “ठ्याक्कै मेरि आमा जस्ती” कविता पढेँ । मलाई त यो वाचन नगरी बस्न मनै लागेन । यो आमा बारेको कविता हो, या आफ्नी आमाको अनुपस्थितिमा “आमा” खोजिरहेको छोराको कविता हो? आफै छुट्याउनु होला ।यस मार्मिक कविताको Poetry Audio Film यहाँ छ - सुन्नुहोस् है !#mimrajvoice #Mimraj #viralpoetry #virareels #MimrajVoice #viralkabita #krishnathakuri
जिन्दगी तँ क्रूर छस्... केवल लिन जानेको ! गौरी मल्लको मार्मिक कविता | Gauri Malla #MimrajVoice
2025/12/30
गौरी मल्लको मार्मिक कविता "जिन्दगी" – तँ क्रूर छस्, तैले कसैलाई केही दिइनस् केवल लिँदैछस्... मिमराज पाण्डेयको भावपूर्ण वाचनमा यस मार्मिक कविताले जीवनको कठोर सत्य बोल्छ ।#GauriMalla #NepaliKavita #MimrajVoice
स्पर्श / सन्ध्या पहाडी | Heart Touching Poetry by Sandhya Pahadi
2025/02/18
मलाई तिमी आफ्नो हातको स्पर्श देऊम तिम्रो स्पर्शलेन्यानो बनेरविश्वभरि फैलिन चाहन्छु... ✍️ Sandhya Pahadi
watch on YouTube: https://youtu.be/YqYqDS2GFDA
#SandhyaPahadi #poetry #mimrajvoice #nepalipoet #nepalipoetry
भूकम्प डायरी - १ | a poem by Viplav Dhakal - @mrpandeya
2024/04/25
भूकम्प डायरी- १ | कवि विप्लव ढकाल
हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा
सुस्तरी हिँड्नुहोस् किनारबाट !
तपाईँ जहाँ उभिएर
खिचिरहनुभएको छ हाम्रो फोटो,
त्यहीँ पुरिएका छन्
हाम्रा ढिकी, जाँतो र आरनहरू !
तपाईँ जहाँ उभिएर
लेखिरहनुभएको छ हाम्रो समाचार,
त्यहीँ पुरिएका छन्
हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू !
र तपाईँ जहाँ उभिएर
बाँडिरहनुभएको छ चाउचाउ,
हो, त्यहीँनेर पुरिएका छन्
हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू...
_ _ _
नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ ।
आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं ।
कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् ।
#nepalipoem #mimrajvoice #earthquakes #gorkhaearthquake2015 #jajarkotearthquake
_ _ _
मलाई अन्य सामाजिक सञ्जालमा भेट्ने लिङ्कहरू यहाँ छन्:
https://www.facebook.com/mrpandeya
https://np.linkedin.com/in/mrpandeya
https://twitter.com/mrpandeya
https://www.instagram.com/mrpandeya/
Singha Durbar - कविता सिंहदरबार | a poem by Tirtha Shrestha
2023/09/03
सिंहदरबार
– कवि तीर्थ श्रेष्ठ
कुनै गाउँको गोरेटो भएर
कुनै पहाडको खुडकिलो भएर
अथवा कुनै नदीको बलौटे किनार भएर
तिमी सिंहदरबार पुग्न सक्तैनौ
त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिला
अलकत्रे सडक नै चाहिन्छ
अथवा दौरासुरुवालमाथि
ढाकाटोपीको तडकभडक नै चाहिन्छ...
✎ तीर्थ श्रेष्ठ | 🔊 @mrpandeya | ♬ @PushkarMahataun
#NepaliPoem #TirthaShrestha #MimrajVoice #NepaliSahitya
_ _ _
नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ ।
आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं ।
कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् ।
https://www.youtube.com/mrpandeya?sub_confirmation=1
बादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली
2023/07/31
पोखरीमा
बादलको सिङ्गगो नदी बास बसेको छ
थाहा छैन
कसरी सास फेर्छन् माछाहरु- बादलमा !
Click the link bellow to watch it on YouTube.
बादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली
✎ खड्ग सेन ओली | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
#NepaliPoem #KhadgaSenOli #MimrajVoice #NepaliSahitya
उडान | कविता - a poem by Mimraj Pandeya
2023/05/03
आमा,
तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीच
मैले आँखाका ढकनी खोलेँ ।
आङमा अवनिको चिसो
रगतमा तिम्रै न्यानोपन
तिम्रा आँखाको अपेक्षाको भकारी
र मेरो अनिमिष नियालाइ
कस्तो अविस्मरणीय थियो– त्यो पल...
On YouTube: https://youtu.be/6Lyve7GYgC0
_ _ _
कान्तिपुर टीभी, वैशाख ७, २०८०
कविता- ‘उडान’ (kantipurtv.com)
✎ 🔊 @mrpandeya
#NepaliPoem #MimrajVoice #NepaliSahitya
छाडेर जानेलाई | a poem by Mani Lohoni
2023/02/10
र यहीं आएर सकिएको छ
हामी दुईको यात्रा
अत्यन्त प्यारो लागेको त्यो हिँडिरहने बाटो
र त्यही बाटोमा पोखिएर सकिएको
मेरो उमेर
र तिम्रो बैंस
बाटाभरि भेटिएका फिरन्ते ऋतुजस्ता मान्छेहरू
उनीहरूसँगै टाँसिएको आगोको लप्काजस्तो आँखा
र सुदूर गाउँमा फरफराइरहेको विद्रोही झन्डा
तिमीले मलाई बिछट्टै मन पराएर
गरेको मायाजस्तो निख्खर रातो गुरास
या त्यो रोइरहेकी युवतीको भखरै पखालिएको सिउँदो
सब छुटेका छन् ।
✎ मणि लोहनी | 🔊@mrpandeya | ♬ Pushkar Mahataun
#NepaliPoem #ManiLohaniPoem #MimrajVoice #NepaliSahitya
Buddhi Bangara; a Poem by Bhupeen Khadka | बुद्धि बङ्गारा
2022/11/09
बुद्धि बङ्गारा
हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे
ऊ भन्थ्यो–
'दाँतहरू त केवल देखाउनका लागि हुन्
बुद्धि बङ्गारा पलाएपछि मात्र
बुद्धि आउँछ ।’
गिजाको कुना चिरेर
एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा
त्यसपछि चमत्कार भयो
उसले पार्टीको सदस्यता पायो
चुनावको लागि उम्मेदवारी पायो
ऊ त्यसपछि शहरबाट गाउँ आयो
पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर
गाउँलेहरूलाई चिया खर्च बाँड्यो
निकाल्यो झोलाबाट मतपत्रको नक्कल
र भन्यो,
‘यो मेरो चुनाउ चिन्न
भोट हाल्नू !’...
– भूपिन
✎ भूपिन | 🔊@Mimraj Pandeya | ♬ Pushkar Mahataun
#nepalipoem #BhupeenKhadkaPoem #MimrajVoice #nepalisahitya
कसरी फर्कूं म मेरो गाउँ? | Poem By Mimraj Pandeya
2022/09/17
कसरी फर्कूं म मेरो गाउँ?
परालको छाप्रोभित्रको जीवन
सधैँ प्यारा लाग्ने डाँडाकाँडा
अनि त्यो छहराभित्रको इन्द्रेणी
अहिले पनि म सम्झिन्छु- त्यो खोला
जहाँ हामी लुकामारी खेल्ने गर्थ्यौं ।
प्रकृतिले हुर्काएका मेरा सपना
आज सहरमा गुमाउँदैछु
सिरु दाइको गाडी चड्ने रहर
अझ अधुरै छ
बाले खोजेको असल पाठशाला
अझै गाउँमा पुर्याउन सकिनँ
आमाले खोजेकी सुशील बुहारी
अझै भेट्टाएको छैन...
https://www.setopati.com/literature/2...
सेतोपाटी, असार १२, २०७८
✎ 🔊 @Mimraj Pandeya | 🖥️ @Padam Timilsina | 🎥 @Prakash Gopali
#NepaliPoem #MimrajVoice #NepaliSahitya
Chamchalaai Vote | चम्चालाई भोट - कविता
2022/07/31
चम्चालाई भोट
चम्चा तिम्रो हातमा थियो
थाली तिम्रै भुइँमा थियो
डाडु, पन्युँ, ताउलो र ताप्के
तिम्रो भान्छामा थियो
तर पोहोरको चुनावमा
तिमीले चम्चा रोज्यौ ...
_ _ _
https://www.setopati.com/literature/2...
सेतोपाटी, वैशाख २३, २०७९ _ _ _
✎ 🔊 @Mimraj Pandeya | 🖥️ @Padam Timilsina | 🎥 @Prakash Gopali
#NepaliPoem #MimrajVoice #NepaliSahitya
Manushi by Parijat - मानुषी | पारिजात
2022/03/28
तिमी जति गर्न सक्छौ
त्यति म पनि सक्छु
तिमी जतिकै पाखुरी बजार्न सक्छु
तिम्रा सबै अनुभूतिहरु मेरा पनि अनुभूति...
_ _ _
✎ पारिजात | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
#NepaliPoem #Parijat #MimrajVoice #NepaliSahitya
Sarpako Khojima - सर्पको खोजीमा | भूपि शेरचन
2022/03/23
काठमाडौँ,
अझ भनौँ यो सिङ्गै देश नै
दिन पर दिन कालोनिलो हुँदै गैरहेछ
सर्पदंशित मान्छे झैँ
म सर्पको खोजीमा छु
हो, म ती विषालु सर्पहरूको खोजीमा छु
धेरै अघिदेखि हिँडिरहेछु...
- भूपि शेरचन
#BhupiSherchan #MimrajVoice #NepaliPoem
Subscribe on YouTube.
https://www.youtube.com/mrpandeya
Madhav Ghimire - Gauri | गाैरी - के लेख्नु मैले पर्यो !
2022/01/24
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
✎ माधवप्रसाद घिमिरे | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
Ghadiyalko Janmadin Poem by Mimraj Pandeya
2021/08/29
गिन्नी, अब मैनबत्ती हैन मट्टितेल ल्याऊ
पटकाको ठाउँमा कार्तोस ल्याऊ
यसपालि केक ल्याउँदै नल्याऊ
घडियाल अघाएको छ
जन्मदिनमा यसलाई चिता चाहिएको छ।
✎ 🔊 मिमराज पाण्डेय | 🖥️ Santosh Dawadi | ♬ Pushkar Mahataun | 🎥 Vidhan Gyawali
Podcast reviews
Read Mimraj Pandeya podcast reviews
Podcast sponsorship advertising
Start advertising on Mimraj Pandeya relevant audience podcasts
You may also like to advertise on these Podcasts

4.922971182
Dropping Bombs
Brad Lea: CEO, Entrepreneur, and Host of The Bottom Line

4.818402000
The Cabral Concept
Dr. Stephen Cabral

4.746791058
Tom Bilyeu's Impact Theory
Impact Theory

4.8259091496
Relatable with Allie Beth Stuckey
Blaze Podcast Network

4.930941700
Arseblog Arsecast, The Arsenal Podcast
arseblog.com

4.826211309
Sore Losers
iHeartPodcasts

4.890631576
Fearless with Jason Whitlock
Blaze Podcast Network

4.629942025
Optimal Living Daily - Personal Development and Self-Improvement
Justin Malik

4.6221722000
Mark Levin Podcast
Cumulus Podcast Network

4.6137791998
The Rubin Report
Dave Rubin