1452617123
CIN NEWS

Advertise on podcast: CIN NEWS

Categories
Country
United States
This podcast has
1346 episodes
Language
English
Publisher
CIN NEWS
Explicit
No
Date created
2019/02/12
Latest episode
2024/01/16
Average duration
16 min.
Release period
4 days

Description

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Unlock CIN NEWS podcast Email contact info,
Listeners & Audience details

Email contact information

Direct podcast contact details

Listeners

Audience numbers & engagement insights

Audience details

Podcast Insights

Podcast episodes

Check latest episodes from CIN NEWS podcast

जाजरकोट र रुकुम पश्चिममा खाद्यले छिट्टै मोटा चामल पठाउने
2024/01/16
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि सबैको पहुँच हुने गरी तत्काल चामल पठाउने भएको छ ।  खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मोटा चामल तत्काल पठाउने प्रतिबद्धता जनाउनुभएको हो ।  सीआईएनको संयोजन, रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गदै आएको दैनिक कार्यक्रम जीवनरक्षामा चन्दले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।  अस्ति बिहानको कार्यक्रम जीवनरक्षामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख राम प्रसाद पौड्यालले थोरै मूल्यमा किन्न सकिने मोटा चामल आफूहरूसँग नभएको जानकारी दिँदै मसिनो चामल बिक्री नभएको बताउनु भएको थियो ।  प्रमुख कार्यकारी अधिकृत चन्दले मोटो चामलको स्टक सकिएको र मोटो धान खरिद हुन नसकेका कारण पठाउन नसकिएको बताउनुभयो ।  टेन्डर प्रक्रिया यही पुस ६ गते सुरु भइसकेकोले मोटो चामल केही दिनमा जाजरकोट र रुकुमपश्चिममा पठाउने उहाँको भनाइ छ । 
जुनीचाँदे गाउँपालिकामा पठाइयो ३८ प्रकारका औषधि
2024/01/16
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जुनिचाँदे गाँउपालिकामा ३८ प्रकारका औषधि पठाएको छ । सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा जाजरकोटको रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा नाम खुलाउन नचाहाने एक स्थानीयबासीले गुनासो राखेका थिए । पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधि समयमा पुग्न नसकेको उनको भनाइ थियो । 
जाजरकोटको नलगाडमा २ सय किसानलाई राहत वितरण
2024/01/16
जाजरकोट भूकम्पका कारण प्रभावित २ सयभन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो। पशु सेवा शाखा कार्यालयलाई औषधिसमेत गरेर ३६ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो । सीआईएनको संयोजनमा जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ को ४ पुसको छलपलमा प्रमुख शर्मा सहभागी हुनुभएको थियो । उहाँसँग नलगाडबाट गणेश पुन, भीमबहादुर खड्कालगायत किसानले आफूहरूको पशुचौपायमा क्षति पुगे पनि कुनै सहयोग नपाएको गुनासो गरेका थिए ।
३ सयभन्दा धेरै भूकम्प प्रभावितले लिए आयुर्वेद स्वास्थ्य सेवा
2024/01/14
जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा शुक्रवार बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य मावि भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाका अनुसार पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको हो । सीआईएनको संयोजन रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गरेको कार्यक्रम जीवनरक्षाको २९ औँ भागमा डा बुढा समक्ष बारेकोट, नलगाडलगायतका स्थानबाट भूकम्प प्रभावितले गाउँवस्तीमा पनि आयुर्वेद उपचारको अभियान लिएर आउन माग गरेका थिए । जवाफमा आफूहरूले चाँडै शिविर सञ्चालन गर्ने तयारी गरेको र उक्त शिविरमा सहभागी भएर सेवा लिन अनुरोध गर्नुभएको थियो । रेडियो कार्यक्रममा गुनासो राखेकाहरू पनि शिविरमा सहभागी भएको उहाँको भनाइ छ । कर्णाली प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतका डा शङ्कर रिजाल, विशेषज्ञ चिकित्सक डा खेम तिमिल्सिना, आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका डा रेणु डीसीलगायतले बिरामी जाँच तथा उपचार गर्नुभएको थियो । जाजरकोटको खलङ्गामा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने नलगाड, छेडागाड र शिवालयमा आयुर्वेद औषधालय अनि बारेकोट, जुनीचाँदेलगायतका पालिकामा नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा दिइएको डा बुढाले जानकारी दिनुभयो ।
कार्यक्रम जीवनरक्षा प्रभावः जाजरकोटको बारेकोटमा आयुर्वेद स्वास्थ्य शिविर

आफूखुसी जिल्ला छोड्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने जाजरकोटका प्रमुख जिल्ला अधिकार
2023/12/24
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूखुसी विदा बस्ने, मनलाग्दी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन मितिको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई सेवा दिनका लागि खट्नुपर्ने भएका कारण कर्मचारी विदामा नबस्ने सहमति भए पनि हिजोआज जनप्रतिनिधि र कर्मचारी विभिन्न गैरसरकारी निकायका कार्यक्रममा जाने परिपाटी बढेको उहाँले बताउनुभयो । अटेरी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी उहाँले दिनुभयो ।
भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका
2023/12/13
भाग १४२ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका | युनेस्को काठमाडौँ र अकोराब नेपालबीचको सहकार्य ।
भाग १४१ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका
2023/12/13
भाग १४१ कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका । युनेस्को काठमाडौँ र अकोराब नेपालको सहकार्य ।
भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका
2023/12/13
भाग १४० कार्यक्रमः जीवनरक्षा | जाजरकोट भूकम्प, प्रभाव र सरोकारवाला निकायको भूमिका | युनेस्को काठमाडौँ र अकोराब नेपालको सहकार्य
जाजरकोट भूकम्प विशेषः रेडियो हाम्रो पाइला
2023/12/12
जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।
जाजरकोट भूकम्प विशेषः रेडियो जाजरकोट
2023/12/12
जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।
जाजरकोट भूकम्प विशेषः रेडियो खलङ्गा
2023/12/12
जाजरकोट भूकम्पपछि जाजरकोटका ४ वटा सामुदायिक रेडियोले हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम "भूकम्प विशेष" संयुक्त रूपमा चलाइरहेका छन् ।

Podcast reviews

Read CIN NEWS podcast reviews

0 out of 5
0 reviews

Podcast sponsorship advertising

Start advertising on CIN NEWS relevant audience podcasts

What do you want to promote?